सुनिल शर्माले जितेको मोरङ ३ बाट उम्मेदवार बन्ने तयारीमा रास्वपाका गणेश कार्की

हिमाल प्रेस २६ पुष २०८२ ९:५० | Saturday, January 10, 2026
18
SHARES
सुनिल शर्माले जितेको मोरङ ३ बाट उम्मेदवार बन्ने तयारीमा रास्वपाका गणेश कार्की

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता गणेश कार्की मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारी गरेका छन्। उनले सामाजिक सन्जालमार्फत आफू सोही क्षेत्रबाट उठ्ने निवेदन दिएको बताएका छन्।

यसअघि यस क्षेत्रबाट कांग्रेसका सुनिल शर्मा विजयी बनेका थिए। उनले सत्ता गठबन्धनका तर्फबाट ४८ हजार छ सय १३ मतका साथ विजयी हुँदा नेकपा एमालेका भानुभक्त ढकाललाई २२ हजार सात सय १६ मतान्त्रले पराजित भए।

राप्रपाकी नेत्री तथा नायिका रेखा थापाले १० हजार नौ सय ९८ मत प्राप्त गरेकी थिइन्। सोही चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले दुई हजार छ सय २६ मत प्राप्त गरेका थिए। मोरङ कार्कीको गृह क्षेत्र हो।

प्रकाशित: २६ पुष २०८२ ९:५० | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast