देउवा, खड्का र कोइरालालाई अब अभिभावक र संरक्षक बन्न गगन थापाको आग्रह

हिमाल प्रेस ३ माघ २०८२ १३:०३ | Saturday, January 17, 2026
48
SHARES
देउवा, खड्का र कोइरालालाई अब अभिभावक र संरक्षक बन्न गगन थापाको आग्रह बानेश्वरमा जारी गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक। तस्बिर : थापा सचिवालय।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा गरेका छन्।

सभापति थापाले शनिबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। उनले भने, ‘पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्छ। सबै साथीहरू एक ठाउँमा जम्मा होऔँ। निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौंँ। उहाँले देशभरिका साथीहरूलाई भनिदिनुपर्छ– अब यो रोक। एक चरणसम्म हाम्रा विमतिहरू रहे, किनकि उहाँ त कार्यकारी भूमिकामा हुनुहुन्नथ्यो। वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यो भूमिका अपेक्षा गरेका छौँ।’

सभापति थापाले केही दिनभित्रमै सबै नेता एक ठाउँमा बसेर आगामी निर्णय लिने बताए। उनले भने, ‘दुईतीन दिनभित्र सबै एक ठाउँमा आएर पार्टीलाई अगाडि बढाएको देख्न सक्नुहुन्छ। संवादको थालनी गरिसकेको छु। पार्टीका साथीहरूसँग विभिन्न तहमा छलफल भएको छ।’

प्रकाशित: ३ माघ २०८२ १३:०३ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast