गगन थापाले बनाए प्रतिनिधिसभाको टिकट बाँड्न आफ्नै नेतृत्वमा संसदीय बोर्ड, को को रहन्छन्?

हिमाल प्रेस ३ माघ २०८२ १२:४६ | Saturday, January 17, 2026
66
SHARES
गगन थापाले बनाए प्रतिनिधिसभाको टिकट बाँड्न आफ्नै नेतृत्वमा संसदीय बोर्ड, को को रहन्छन्?

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ । आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो।

बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो। उनले पूर्वसभापति शेरबहादुर देउवासमक्ष पनि संसदीय बोर्डको माग राखेका थिए। तर देउवाले मानेनन्। यी र यस्तै माग राखेर थापासहितका नेताले विशेष महाधिवेशन बोलाएका थिए। तर देउवा समूहले महाधिवेशनलाई मान्यता दिएन।

विशेष महाधिवेशनले थापा नेतृत्वमै कार्यसमिति बनायो। सोही कार्यसमितिलाई नै निर्वाचन आयोगले वैधता दियो। यही कारण देउवा र देउवा निकट नेताहरू अहिले असन्तुष्ट छन्। आजै बसेको देउवा पक्षीय कार्यसमिति बैठकले आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको छ। निर्वाचनको सम्मुखमा कांग्रेस विभाजित छ।

प्रकाशित: ३ माघ २०८२ १२:४६ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast