पार्टीबाट भएको गल्तीप्रति गगन थापाले मागे क्षमा [राजनीतिक प्रस्तावको पूर्णपाठसहित]

हिमाल प्रेस २८ पुष २०८२ १४:५७
10
SHARES
पार्टीबाट भएको गल्तीप्रति गगन थापाले मागे क्षमा [राजनीतिक प्रस्तावको पूर्णपाठसहित]

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगतमा सरकार वा प्रतिपक्षीमा रहँदा पार्टी र नेतृत्वबाट भएका गल्तीप्रति आत्मालोचना र क्षमायाचना गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रमा सोमबार सम्बोधन गर्दै विगतका गल्तीप्रति आत्मालोचना गर्दै क्षमा याचना गरेका हुन्।

उनले भने, ‘विगतमा सरकार वा प्रतिपक्षमा रहँदा जानी–नजानी पार्टी र नेतृत्वबाट भएका गल्ती र अति सत्ताकेन्द्रित सहकार्यका कारण मुलुकलाई सकारात्मक दिशा प्रदान गर्ने क्रममा नेपाली कांग्रेसले लिन नसकेको पहलकदमी र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति हामी गम्भीर आत्मसमीक्षा तथा आत्माआलोचना गर्दै सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूसँग विनम्रतापूर्वक क्षमा याचना गर्दछौँ।’

उनले तिनै कमजोरी र त्रुटिबाट पाठ सिकेर अबउप्रान्त राष्ट्रिय हित एवं लोकतान्त्रिक मूल्य मान्यताप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘यो दोस्रो विशेष महाधिवेशन नेपाली कांग्रेस पार्टी जनताको भावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने दृढ संकल्प गर्दछ।’

महामन्त्री थापाको प्रस्तावमा विशेष महाधिवेशनको आवश्यकता औँल्याइएको छ। यसैगरी विशेष महाधिवेशनको वैधानिक प्रावधान, नेपाली कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र नेपाली कांग्रेसजस्ता शीर्षकमा उनले आफ्ना धारणा समेटेका छन्।

समसामयिक राजनीतिक प्रस्ताव र विशेष महाधिवेशनको नीतिगत संकल्प, जेनजी विद्रोह र कांग्रेसको संकल्प, लोकतन्त्रमा निर्विकल्प निर्वाचन प्रस्तावका अन्य विषय हुन्।
यसैगरी आत्मालोचना र क्षमा याचना, ऐतिहासिक विरासत र लोकतान्त्रिक निष्ठा : निरन्तरतामा नवीनता, उन्नत लोकतन्त्र र बहुलवादी समाजको दृष्टिकोणबारे थापाले आफ्नो दृष्टिकोण अघि सारेका छन्।

मूल्यमा आधारित राजनीति : निर्वाचन पूर्व गठबन्धन प्रवृत्तिको अन्त्य, सुशासन र भ्रष्टाचार नियन्त्रण, चुस्त सार्वजनिक सेवा प्रवाह, कार्यमूलक लोकतन्त्र र दलीय सुधारका विषय प्रस्तावमा उल्लेख छन्।
संविधान संशोधनमा साझा धारणा, निर्वाचन प्रणालीमा सुधार, प्रधानमन्त्रीको दुई कार्यकाल, राज्य संयन्त्रको गैरदलीयकरण र संस्थागत सुधार, पपुलिजमको चुनौती सामना गर्दै उदार लोकतन्त्रको रक्षा, विदेश नीति : राष्ट्रहित तथा राष्ट्रिय स्वार्थ सर्वाेच्च प्राथमिकता, राष्ट्रिय पुनर्जागरण अभियान, सुधारको अग्रणी : समुन्नत नेपाल निर्माणको प्रमुख संवाहक शक्तिलगायतका विषय प्रस्तावमा समेटिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast