नाउपाका पूर्वनेता र थरुहट/थारुवान अभियन्ताहरू रास्वपामा समायोजन

हिमाल प्रेस २१ पुष २०८२ १६:४७
20
SHARES
नाउपाका पूर्वनेता र थरुहट/थारुवान अभियन्ताहरू रास्वपामा समायोजन

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समायोजन भएका छन्।

सोमबार काठमाडौँस्थित राष्ट्रियसभा गृहमा बृहत् राजनीतिक समायोजन तथा घोषणासभा गर्दै समायोजन गरिएको हो।

उनीहरूबीच ९ बुँदे सहमति पनि भएको छ। सहमतिपत्रमा रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट/थारुवान अभियन्ताद्वय लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार दलको नाम, चुनाव चिह्न रास्वपाकै रहनेछ। साथै थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी र संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने, टीकापुर घटनालाई आन्दोलनका रूपमा स्वीकार गर्नेलगायत सहमति भएको छ।

घोषणा कार्यक्रम सभापति रवि लामिछानेको उपस्थितिमा भएको हो।

प्रकाशित: २१ पुष २०८२ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast