झापा ५ मा ओलीको चुनावी कमान्डर बने पूर्वमन्त्री देवेन्द्र दाहाल

हिमाल प्रेस १० माघ २०८२ ६:४०
10
SHARES
झापा ५ मा ओलीको चुनावी कमान्डर बने पूर्वमन्त्री देवेन्द्र दाहाल

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालन संयोजकमा पूर्वमन्त्री देवेन्द्र दाहाल र सहसंयोजकमा दीपक कार्की तथा मेनुका काफ्ले तोकिएका छन्। गौरादहमा बसेको निर्वाचन क्षेत्र नम्बर ५ को समन्वय कमिटी बैठकले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए।

उनका अनुसार परिचालन कमिटी मातहत ९ वटा उपसमिति गठन गरिएका छन्। परिचालन समितिमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभागका वर्तमान र निवर्तमान पदाधिकारीलाई जिम्मेवारी दिइएको छ।

प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरूलाई पनि परिचालन कमिटीमा समेटिएको छ। यसैगरी जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य, सल्लाहकार परिषद सदस्य, स्थानीय तथा प्रदेशका निर्वाचित जनप्रतिनिधि पनि परिचालन कमिटीमा छन्।

जनसंगठनका केन्द्रीय, प्रदेश र पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू पनि परिचालनमा खटिने छन्। क्षेत्रीय समन्वय र प्रदेश समन्वय कमिटीहरू पनि निर्वाचन परिचालनमा केन्द्रित हुने निर्णय गरिएको छ। संयोजक दाहाल पार्टीको पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री हुन्। उनी २०४८ सालदेखि अध्यक्ष ओलीको चुनावी कमान्डरको भूमिकामा छन्।

सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हुन्। संविधानसभा दुवै निर्वाचनमा तत्कालीन झापा क्षेत्र नम्बर ६ बाट उनी विजयी भएका थिए। कार्की २०५४ देखि २०५९ सालसम्म गौरादह गाविसका अध्यक्ष थिए। अर्की सहसंयोजक काफ्ले पार्टी केन्द्रीय सदस्य तथा अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुन्। उनी कमल गाउँपालिकाकी निवर्तमान अध्यक्षसमेत हुन्।

निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालय पनि गठन गरिएको छ। वडा र टोलस्तरका प्रचार समिति आगामी माघ १२ गतेभित्र गठन गरिसक्ने निर्णय भएको गौतमले बताए। परिचालन कमिटी अन्तर्गत गठन गरिएका ९ उपसमितिमध्ये कार्यालय सञ्चालन उपसमितिको संयोजक नारायण गौतम छन्।

प्रचार–प्रसार सामग्री व्यवस्थापन उपसमितिको संयोजक होमबहादुर थापा, प्रचार–प्रसार उपसमितिको संयोजक दीपक कार्की छन्। आर्थिक व्यवस्थापन उपसमितिको संयोजक रोमनाथ ओली, स्वयंसेवक परिचालन उपसमितिको संयोजक गोविन्द थापा र प्रशासन समन्वय उपसमितिको संयोजक देवेन्द्र दाहाल छन्।

यसैगरी सञ्चार तथा क्षेत्रबाहिर रहेका मतदाता समन्वय उपसमितिको संयोजक इन्द्रप्रसाद भण्डारी र कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई छन्।

प्रकाशित: १० माघ २०८२ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast