नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल.फाइल तस्बिर
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका छन्।
शनिबार चितवनमा आयोजित उद्योग बाणिज्य संघ चितवनको ५९ औँ साधारणसभामा ढकालले अझै पनि उद्योगी व्यवसायीहलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका हुन्।
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि निकै ठूलो आक्रमण भएकाले त्यसमा संलग्नलाई कारबाहीको दायरामा नल्याएसम्म आगामी दिनमा यस्ता घटना घट्न सक्ने उनले बताए।
अध्यक्ष ढकालले निजि क्षेत्रको उद्योग प्रतिष्ठानमा आक्रमण हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्कीले जनाएकाले यस क्षेत्रलाई आवश्यक सुरक्षा दिने काम सरकारले गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा उद्योग बाणिज्य सघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले संघले उद्योगी व्यवसायीहरुको हकहितका लागि निरन्तर क्रियाशिल भएर काम गरेको बताए।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो। साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ।



