डा‍.नारायण खड्का प्रतिनिधिसभाको चुनाव नलड्ने, सूचीबाट नाम हटाउन माग

हिमाल प्रेस ३ माघ २०८२ ९:२४ | Saturday, January 17, 2026
18
SHARES
डा‍.नारायण खड्का प्रतिनिधिसभाको चुनाव नलड्ने, सूचीबाट नाम हटाउन माग डा‍.नारायण खड्का

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको प्रस्तावित सिफारिस सूचीबाट आफ्नो नाम हटाउन पार्टीसँग आग्रह गरेका छन्।

खड्काले पार्टी कार्यालयका मुख्य सचिवलाई सम्बोधन गर्दै कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरिएकोमा आफ्नो नाम हटाइ दिन आग्रह गरेका हुन्।

उनले केन्द्रीय कार्यालयले सम्बन्धित निकायलाई आफ्नो निवेदनबारे जानकारी गराइदिन पनि अनुरोध गरेका छन्। खड्का यही क्षेत्रमा जितेर यसअघि प्रतिनिधिसभा सदस्य समेत बने। तर यस पटक चुनाव नलड्ने निर्णय गरेका छन्।

प्रकाशित: ३ माघ २०८२ ९:२४ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast