काठमाडाैँ- बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। यो फिल्म चलेको करिब दुइ महिना हुन लाग्यो। नेपालका सीमिति हलमा अझै पनि फिल्मले केही सो पाइरहेको छ।
फिल्मले माघ १० गतेसम्म १० करोड ४७ लाख ५३ हजार २ सय ९३ रुपैयाँ कमाउन सफल भएको छ। यो चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सन हो। नेपालमा फिल्मको ३ लाख १८ हजार ९० ओटा टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ।
फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा छन् अभिनेता रणवीर सिंह।
रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।
प्रकाशित: १३ माघ २०८२ १४:५५ | Tuesday, January 27, 2026
प्रतिक्रिया





