धीरेन्द्र शर्मा रमणले तोडे प्रचण्डसँगको ३ दशक लामो सहयात्रा, जर्नादनको पार्टीमा आबद्ध हुने

हिमाल प्रेस २४ पुष २०८२ ७:४८
340
SHARES
धीरेन्द्र शर्मा रमणले तोडे प्रचण्डसँगको ३ दशक लामो सहयात्रा, जर्नादनको पार्टीमा आबद्ध हुने

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य धीरेन्द्र शर्मा ‘रमण’ ले पार्टी परित्याग गरेका छन्। इलामका स्थापित तथा प्रभावशाली नेताका रूपमा परिचित शर्माले करिब तीन दशक लामो संगठनात्मक आबद्धताको अन्त्य भएको घोषणा गरेका हुन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘करिब तीस वर्षको संगठनात्मक आबद्धताको अन्त्य। गणतन्त्रपछि अब समाजवादको यात्रा।’ उनी द्वन्द्वकालबाटै तत्कालीन माओवादीमा आबद्ध थिए। माओवादीबाटै पटकपटक इलाममा चुनाव लडे। यसअघि एक पटक प्रदेश सांसद पनि भए।

निकट स्रोतका अनुसार उनी यसअघि लामो समयदेखि तत्कालीन माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ निकट थिए। तर यसअघि जनार्दनले नयाँ पार्टी प्रगतिशिल लोकतान्त्रिक पार्टी बनाउँदा उनी गएनन्। अब भने उनी सोही पार्टीमा आबद्ध हुने अनुमान गरिएको छ।

शालिन र तर्कपूर्ण राजनीति गर्ने रमणको नयाँ उद्घोषले इलामे राजनीतिमा तरंग पैदा भएको छ। प्रभावशाली नेताले नै नेकपा छाड्दा संगठनमै आँच आउने चर्चा सुरु भएको छ।

प्रकाशित: २४ पुष २०८२ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast