शिक्षकको तलबभत्ताका लागि नपुग रकम माग

हिमाल प्रेस १३ माघ २०८२ १५:०५ | Tuesday, January 27, 2026
76
SHARES
शिक्षकको तलबभत्ताका लागि नपुग रकम माग

गुल्मी- चन्द्रकोट गाउँपालिका, गुल्मीले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि माध्यमिक तथा आधारभूत तहका शिक्षकको तलबभत्तामा नपुग भएको रकम निकासा गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग अनुरोध गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेद्वारा हस्ताक्षरित पत्रअनुसार विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत केन्द्रबाट प्राप्त वित्तीय हस्तान्तरण रकमले स्वीकृत दरबन्दी तथा अनुदानका शिक्षकहरूको तलबभत्ता (स्थानीय भत्तासमेत) पूरा हुन नसकेको जनाइएको छ।

नियमानुसार शिक्षकले पाउने तलबमान गणना गर्दा रु. ४१ लाख ४३ हजार ६ सय ६६ रुपैयाँ नपुग भएको गाउँपालिकाले जनाएको छ।

नपुग रकम निकासाका लागि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२/०८३ को अनुसूची १ अनुसारको विवरण प्रमाणित हार्ड कपी र एक्सेल फाइल (सफ्ट कपी) सहित पठाइएको पत्रमा उल्लेख छ।

प्रकाशित: १३ माघ २०८२ १५:०५ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast