साइबर ब्युरोले बोलायो स्वागत नेपाललाई

हिमाल प्रेस ८ माघ २०८२ १४:०७ | Thursday, January 22, 2026
10
SHARES
साइबर ब्युरोले बोलायो स्वागत नेपाललाई

काठमाडौँ- साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ। ब्युरोको टोलीले उनलाई फोन सम्पर्क गरी कार्यालयमा बोलाएको हो।

उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए। ‘गम्भीर विषय होइन, केही विषयमा बुझ्नका लागि उहाँलाई बोलाइएको हो,’ उनले भने।

नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ भनेर टिप्पणी गरेका थिए। उनी राप्रपाबाट झापा- २ मा उम्मेदवार छन्। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएकोमा विरोध जनाएका छन्।

प्रकाशित: ८ माघ २०८२ १४:०७ | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast