भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

हिमाल प्रेस १३ माघ २०८२ १५:२८ | Tuesday, January 27, 2026
26
SHARES
भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ- भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्य विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यमाथि ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ। आयोगका अनुसार आचार्यले सार्वजनिक सेवामा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका थिए।

आचार्यले आफ्नो स्रोत नभएको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा पनि सम्पत्ति खरिद गरेका पाइए। त्यसैले सुवेदीलाई समेत प्रतिवादी कायम गरिएको छ र उक्त सम्पत्ति जफत गर्ने प्रक्रिया अघि बढाइएको छ।

 अख्तियारको अनुसन्धान अनुसार आचार्य र उनका परिवारका सदस्यहरूले वैधानिक रूपमा ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ मात्र आय आर्जन गरेको देखिन्छ। तर आय, खर्च र बैंक मौज्दातको मूल्यांकन गर्दा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँको अस्वाभाविक सम्पत्ति भेटिएको आयोगको भनाइ छ।

प्रकाशित: १३ माघ २०८२ १५:२८ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast