चुनावमा राष्ट्रिय झन्डाको प्रयोगबारे कांग्रेसको यस्तो मापदण्ड

हिमाल प्रेस १२ माघ २०८२ १२:५४ | Monday, January 26, 2026
12
SHARES
चुनावमा राष्ट्रिय झन्डाको प्रयोगबारे कांग्रेसको यस्तो मापदण्ड

काठमाडौँ- चुनावी अभियान क्रममा राष्ट्रिय झन्डाको प्रयोगबारे नेपाली कांग्रेसले मापदण्ड बनाएको छ। उपसभापतिसमेत रहेका केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले पार्टीका मातहत निकायहरूलाई राष्ट्रिय झन्डा प्रयोगमा ध्यान दिनु भन्दै आज ५ बुँदे परिपत्र गरेका हुन्।

यस्तो छ परिपत्रमा उल्लेख बुँदा :

१. आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झण्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्ने।

२. राष्ट्रिय झण्डालाई व्यक्तिको शिरभन्दा माथि हुने गरि सम्मानपूर्वक फहराउने। झण्डा झुकाउने प्रचलन, मृत्युपछिको शोकमा मात्रै हुन्छ भन्ने तथ्य हामीले हेक्का राख्न जरूरी छ।

३. उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ। त्यस्तो विल्कुलै नगर्नेरगर्न नदिने। /राष्ट्रिय सम्मानका साथ कसैको शव यात्रा गरिँदा या चितामा दागबत्ती दिनुअघि शवमा झण्डा ओढाउने प्रचलन हुन्छ, त्यसको हेक्का राख्न जरूरी छ।

४. उम्मेदवार या प्रचारक कसैको पनि पाखुरा, कम्मर या घाँटीमा ज्याकेट या मफलर जस्तो बनाएर झण्डा बेर्ने कार्यले झण्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्ने/गर्न नदिने।

५. कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झण्डा फहराउँदा पार्टीको झण्डा र चुनाव चिह्नभन्दा माथि फहराउने।

प्रकाशित: १२ माघ २०८२ १२:५४ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast