काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्री पदमा नुवाकोटका जगदीश्वर नरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित निर्वाचन समितिमा पुगेर उनले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै हालसम्म सहमहामन्त्रीमा १० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।
आजलाई मनोनयन दर्ता बन्द गरिएको र बुधबार बिहान ८ बजेदेखि पुनः सुरु हुने उनको भनाइ छ। उनका अनुसार तीन जनाले सभापतिको फाराम लिएर गएपनि हालसम्म कसैको दर्ता भने भएको छैन।
प्रकाशित: ३० पुष २०८२ ७:२४
प्रतिक्रिया



