काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ। विशेष महाधिवेशनको पूवाद्र्धमा कांग्रेस नेताहरू भृकुटीमण्डपमा छन्। उनीहरू विशेष महाधिवेशनलाई भव्य बनाउन जुटेका छन्। अहिले भृकुटीमण्डपमा मन्च निर्माणदेखि प्रतिनिधिको नामावली दर्तासम्मका काम भइरहेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ः०० बजे महाधिवेशन उद्घाटन हुँदैछ। छ स्थानबाट र्याली निकाल्ने तयारी छ। उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने छ। कांग्रेसको विशेष महाधिवेशनका तस्बिरहरू।

प्रकाशित: २७ पुष २०८२ ९:५४ | Sunday, January 11, 2026
प्रतिक्रिया






