फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित गरेको छ।
मंगलबार महाधिवेशनको बन्दसत्रले महामन्त्री थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र शर्माले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन सुझावसहित पारित गरेको हो।
त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ। त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुंगिने बताए। उनले हलले अनुमोदन नगरेको अरू कुनै कुरा मान्य नहुने बताए।
थापाले विशेष महाधिवेशनलाई पदको स्वार्थको रुपमा नहेर्न आग्रह समेत गरे।
प्रकाशित: २९ पुष २०८२ २०:१९ | Tuesday, January 13, 2026
प्रतिक्रिया





