बागी उम्मेदवारहरूलाई निष्कृय गर्न कांग्रेसको निर्देशन

हिमाल प्रेस १३ माघ २०८२ १९:०१ | Tuesday, January 27, 2026
32
SHARES
बागी उम्मेदवारहरूलाई निष्कृय गर्न कांग्रेसको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीलाई निष्कृय गर्न निर्देशन दिएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्कृय गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको जनाएको हो।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले छोटो समयका कारण टिकट वितरणमा केही कमजोरी भएको हुन सक्ने भन्दै त्यसलाई स्वीकार गरेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिइएको जानकारी दिए। उनले पार्टीमा देखिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्ने बताए। निर्वाचन केन्द्रित प्रचारप्रसारका लागि सातै प्रदेश र वडासम्म निर्वाचन परिचालन समिति बनाएर अघि बढ्न आवश्यक निर्देशन दिइसकेको उनले बताए।

प्रकाशित: १३ माघ २०८२ १९:०१ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast