माइतीघरमा कांग्रेस देउवा समूहको प्रदर्शन

हिमाल प्रेस ४ माघ २०८२ १६:२१ | Sunday, January 18, 2026
12
SHARES
माइतीघरमा कांग्रेस देउवा समूहको प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेसको देउवा समूहले काठमाडौँमा प्रदर्शन गरेको छ।

विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध देउवा समूहले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

निर्वाचन आयोगको कदम असंवैधानिक र अवैधानिक भएको भन्दै कांग्रेस देउवा समूहका भातृ तथा शुभेच्छुक संस्थाहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘असंवैधानिक निर्णय फिर्ता गर, विधिनको शासन कायम गर, पक्षतापूर्ण निर्णय मान्दैनौँ’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

निर्वाचन आयोगले पार्टीको विधानविपरित एकपक्षीय ढंगले निर्णय गरेको देउवा समूहले आरोप लगाएको छ।

निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै देउवा समूहले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

प्रकाशित: ४ माघ २०८२ १६:२१ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast