कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने

हिमाल प्रेस २३ पुष २०८२ ७:१४
16
SHARES
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक। तस्बिर : रासस

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको छ ।

बैठमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ ।

मंगलबारको बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित: २३ पुष २०८२ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast