कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

हिमाल प्रेस २४ पुष २०८२ १३:०४
12
SHARES
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ- नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपराह्न ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

बुधबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।

प्रकाशित: २४ पुष २०८२ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast