भृकुटीमण्डपमा सुरु भयो बन्दसत्र : निर्वाचन समिति गठन

हिमाल प्रेस २९ पुष २०८२ ९:५६ | Tuesday, January 13, 2026
32
SHARES
भृकुटीमण्डपमा सुरु भयो बन्दसत्र : निर्वाचन समिति गठन काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रमा सहभागी प्रतिनिधिहरू।

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ। कांग्रेस नेता जीतनारायण श्रेष्ठका अनुसार केहीबेरअघि सुरु भएको बन्दसत्रमा निर्वाचन समिति गठन गरिएको छ।

उनका अनुसार वरिष्ठ अधिवक्ता सीताराम केसीको अधक्षतामा ५ सदस्य निर्वाचन समिति गठन भएको छ। आज नयाँ नेतृत्व चयन गर्नेसम्मको कार्यतालिका छ। तर संस्थापन पक्षले भने विशेष महाधिवेशनको विरोध गर्दै आएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ।

प्रकाशित: २९ पुष २०८२ ९:५६ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast