कांग्रेसमा लफडा : इतरले विशेष महाधिवेशनको सुरु गर्ने बेलामा संस्थापनले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस २६ पुष २०८२ ८:२१ | Saturday, January 10, 2026
38
SHARES
कांग्रेसमा लफडा : इतरले विशेष महाधिवेशनको सुरु गर्ने बेलामा संस्थापनले बोलायो केन्द्रीय समिति बैठक फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने भोलिदेखि सुरु हुने विशेष महाधिवेशनको तयारीमा लागेका छन्। उनीहरूले आजबाटै कलशयात्रासहितका कार्यक्रम तोकेका छन्। संस्थापन मानिने सभापति शेरबहादुर देउवा पक्षले भने विशेष महाधिवेशनको इन्कार गरेको छ।

देउवा पक्षले आगामी वैशाखमा १५ औँ महाधिवेशन गर्ने कार्यसूची अघि बढाएको छ। कांग्रेसमा अहिले विशेष महाधिवेशनमा भाग लिनेनलिनेमा लफडा छ।

प्रकाशित: २६ पुष २०८२ ८:२१ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast