‘ब्लु बस’ सेवा बन्द नभई मर्मतका लागि केही दिन रोकिएको हो : रास्वपा

हिमाल प्रेस २० पुष २०८२ ९:५५ | Sunday, January 4, 2026
12
SHARES
‘ब्लु बस’ सेवा बन्द नभई मर्मतका लागि केही दिन रोकिएको हो : रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनमा सञ्चालनमा ल्याएको ‘ब्लु बस’ सेवा बन्द नभएको प्रष्टीकरण दिएको छ। रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुसालले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘ब्लु बस’ सेवा बन्द नभई मर्मतका लागि केही दिन रोकिएको स्पष्ट पारे।

मर्मत कार्य सम्पन्न गरी आगामी दुई दिनभित्रै बस पुनः सञ्चालनमा ल्याइने उनले बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘रास्वपा सभापति प्रतिनिधि सभा निर्वाचन २०७९ मा अत्यधिक मत ल्याएर निर्वाचित भए सँगै विशेष गरी महिलाहरूका लागि सञ्चालनमा ल्याइएको ब्लु बस केही दिनदेखि मर्मत सम्भारको लागि राखिएको थियो र अब एक दुई दिनमा नै मर्मत पश्चात् पुनः सञ्चालनमा ल्याइने ब्यहोराको जानकारी सम्पूर्णमा गर्न चाहन्छौँ।’

सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरूलाई सहज र निःशुल्क यातायात सेवा प्रदान गर्ने उद्देश्यले यो बस सञ्चालनमा ल्याएका थिए।

प्रकाशित: २० पुष २०८२ ९:५५ | Sunday, January 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast