विश्वप्रकाशको भिडियो सन्देश : पार्टी फुट्ने बाटोमा गए मै हलबाट बाहिर निस्कन्छु

हिमाल प्रेस २४ पुष २०८२ ९:५०
10
SHARES
विश्वप्रकाशको भिडियो सन्देश : पार्टी फुट्ने बाटोमा गए मै हलबाट बाहिर निस्कन्छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने सम्भावना देखिए आफू नै पहिला हलबाट बाहिर निस्कने स्पष्ट पारेका छन्। उनीसहित अर्का महामन्त्री गगन थापाले यहीँ पुस २७ र २८ गते काठमाडौँमा आह्वान गरिएको विशेष महाधिवेशनका विषयमा स्पष्ट पार्दै शर्माले विभाजनतर्फ जान नदिने बताएका हुन्।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद बढिरहेका बेला महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विभाजनको आशंका अस्वीकार गरेका हुन्। उनले लेखेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन। यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु।’

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनको विपक्षमा देखिएको छ भने महामन्त्रीद्वय शर्मा–थापा पक्षका नेताहरूले भने जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन अनिवार्य भएको दाबी गर्दै आएका छन्।

विशेष महाधिवेशन आवश्यक हुनुको कारण स्पष्ट गर्दै शर्माले बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौती र पार्टीको जिम्मेवारीलाई प्रमुख आधार मानेका छन्। ‘आजको नेपाल भदौ २३ अघिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरेका छन्।

प्रकाशित: २४ पुष २०८२ ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast