आन्तरिक चुनावमा प्रथम हुँदा पनि विष्णु रिजालले पाएनन् टिकट

हिमाल प्रेस ४ माघ २०८२ ९:३३
16
SHARES
आन्तरिक चुनावमा प्रथम हुँदा पनि विष्णु रिजालले पाएनन् टिकट

काठमाडौँ– नेकपा एमालेले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकट वितरण गर्दा आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका नेतालाई पाखा लगाएको छ।

उम्मेदवार सिफारिसका क्रममा भएको आन्तरिक मतदानमा सर्वाधिक मत पाएका केन्द्रीय सदस्य विष्णु रिजाल पनि उम्मेदवार बन्नबाट बञ्चित हुने भएका छन्।

रिजाल दैलेख २ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी थिए। तर, शनिबार बसेको एमाले सचिवालय बैठकले दैलेख २ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

दैलेख–२ मा क्षेत्रीय कमिटीले मतदानमार्फत् उम्मेदवार सिफारिस गरेको थियो।

प्रतिस्पर्धामा ६७ मत ल्याएर रिजाल पहिलो नम्बरमा सिफारिस भएका थिए। टिकट पाउने लक्ष्मीराज पोखरेलले ६६ मत प्राप्त गरेका थिए।

प्रकाशित: ४ माघ २०८२ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast