काठमाडौँ- नेकपा माओवादीका शीर्ष नेताहरूले आगामी फागुन २१ मा निर्वाचन नलड्ने भएका छन्। आज बसेको स्थायी कमिटी बैठकले शीर्ष नेताले चुनाव नलड्ने निर्णय गरेको पार्टी नेता अटल सीले हिमाल प्रेसलाई जानकारी दिए। अन्यलाई भने चुनाव लड्न रोकावट छैन।
उनका अनुसार आगामी निर्वाचनमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितले चुनाव नलड्ने निश्चित छ। तर चुनाव किन नलड्ने भन्ने बारे खुलाइएको छैन। यसपटकको चुनाव लड्न विप्लवले पार्टी दर्ता समेत गरेका थिए।
प्रकाशित: ५ माघ २०८२ १२:१५ | Monday, January 19, 2026
प्रतिक्रिया





