बंगलादेशका खेलाडीले गरे ‘बीपीएल’ बहिष्कार

हिमाल प्रेस १ माघ २०८२ १७:३६ | Thursday, January 15, 2026
38
SHARES
बंगलादेशका खेलाडीले गरे ‘बीपीएल’ बहिष्कार

काठमाडौँ- बंगलादेशका क्रिकेट खेलाडीहरूले बिहबिार बंगलादेश प्रिमियर लिग (बीपीएल) बहिष्कार गरेका छन्। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का निर्देशक एम.नजमुल इस्लामको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनीहरूले बिहिबार बीपीएलको पहिलो खेल बहिष्कर गरेका हुन्।

बीपीएलअन्तर्गत बिहिबार पहिलो खेल नौखाली एक्सप्रेस र चट्टोग्राम रोयल्सबीच निर्धारित थियो। तर, दुवै टिमका खेलाडीहरू होटलमै बसिरहे। खेलाडीहरू मैदानमा नपुगेपछि बीपीएलअन्तर्गतको पहिलो खेल हुनसकेन।

निर्देशक इस्लामले खेलाडीहरूले प्रदर्शन नगरेको भन्दै सरकारले खर्च गरेको करोडौँ रुपैयाँ फिर्ता गर्नुपर्ने बताएका थिए। त्यस्तै उनले पूर्वकप्तान तमीम इकबाललाई ‘भारतीय एजेन्ट’ भनेका थिए।

उनको यो भनाइप्रति खेलाडीहरूले आपत्ति जनाउँदै खेल बहिष्कार गर्ने निर्णयमा पुगेका थिए।

उनीहरूले निर्देशक इस्लामलाई तत्काल कारबाही गर्न माग गरेका थिए। खेलाडीहरू हड्तालमा उत्रिएपछि बीसीबीले निर्देशक इस्लामाथि कारबाही अगाडि बढाएको छ।

‘बोर्डको एक जना सदस्यका तर्फबाट दिइएको अभिव्यक्तिप्रति हामी खेद व्यक्त गर्दछौँ। बीसीबी व्यवसायिक क्रिकेट र खेलाडीको सम्मानलाई सर्वोच्च महत्व दिएको छ,’ बीसीबीले विज्ञप्ति निकालेर भनेको छ।
इस्लाममाथि अनुशासनात्मक कार्यवाही सुरू गरिएको जानकारी दिँदै बीसीबीले ४८ घन्टाभित्र लिखित जवाफ पेस गर्न भनिएको जनाएको छ।

प्रकाशित: १ माघ २०८२ १७:३६ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast