बलिराम चौहान भन्छन्- ‘द ब्ल्यू लाइट’ मनोवैज्ञानिक ड्रामा जनरामा बनेकाे थ्रिलर फिल्म हाे

हिमाल प्रेस १३ माघ २०८२ ११:२९ | Tuesday, January 27, 2026
36
SHARES
बलिराम चौहान भन्छन्- ‘द ब्ल्यू लाइट’ मनोवैज्ञानिक ड्रामा जनरामा बनेकाे थ्रिलर फिल्म हाे

काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ यही माघ १६ देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। फिल्म बलिराम चौहानको निर्देशनमा बनेकाे हाे। उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्।

फिल्ममार्फत मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन्।

ट्रेलर सार्वजनिक भएपछि धेरै दर्शकले हरर विधाको फिल्म भन्ने अनुमान गरेता पनि फिल्म मनोवैज्ञानिक ड्रामा जनरामा बनेको थ्रिलर फिल्म रहेकाे निर्देशक चौहानले प्रष्ट्याएका छन्।

हाम्रो फिल्म हरर होइन, यो एउटा मनोवैज्ञानिक ड्रामा-थ्रिलर हो। यद्यपि, केही दृश्यहरूले दर्शकलाई डरको अनुभूति भने पक्कै गराउनेछन्’ उनले थपे ‘हामीले प्रेम, धोका र बदलाकै विषयलाई नयाँ शैलीमा देखाउन खोजेका छौँ। यसभित्रका पात्रहरूको संवेग र भावनाहरू निकै संवेदनशील छन्, जसले दर्शकलाई नयाँ खालको अनुभव दिनेछ।’

‘द ब्लू लाइट’ मा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा देखिएका छन्। चलचित्रको कथा यिनै दुई पात्रको वरिपरि घुम्ने निर्देशकले जानकारी दिए। स्थापित कलाकारहरूको ठूलो जमघट रहे पनि भूमिकालाई लिएर कुनै विवाद नभएको र सबै कलाकारले आफ्नो चरित्रमा नयाँपन पाएको चौहानको दाबी छ।

साइकोलोजिकल थ्रिलर जनरामा बनेको फिल्ममा बेनिशा र अर्पणका अलवा आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी, बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।

प्रकाशित: १३ माघ २०८२ ११:२९ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast