बाबुरामको उम्मेदवारी फिर्ताले प्रलोपाको आधार क्षेत्रमै धक्का

हिमाल प्रेस १३ माघ २०८२ १०:५० | Tuesday, January 27, 2026
24
SHARES
बाबुरामको उम्मेदवारी फिर्ताले प्रलोपाको आधार क्षेत्रमै धक्का

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को आधार क्षेत्र मानिने गोरखा क्षेत्र नम्बर २ बाट पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि त्यसको असर स्थानीय तह निर्वाचनमा समेत पर्ने निश्चित भएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा-२ बाट डा.भट्टराईले उम्मेदवारी फिर्ता लिनु प्रलोपाका लागि महँगो सावित हुने देखिएको छ।

डा.भट्टराई पालुङटार निवासी हुन्। गोरखामा पालुङटारलाई प्रलाेपाको पकड क्षेत्र मानिँदै आएको छ। यही कारण उनको उम्मेदवारी फिर्ताको प्रभाव पालुङटारमा मात्र सीमित नरही समग्र गोरखा जिल्लामा परेको प्रलोपाको निष्कर्ष छ।

प्रलोपा गोरखा जिल्ला अध्यक्ष यानप्रसाद भट्टले डा.भट्टराईको उम्मेदवारी फिर्ताले जिल्लाभर नै नकारात्मक असर पुगेको बताए। यसको प्रभाव आगामी स्थानीय तह निर्वाचनमा अझ बढी देखिने उनको भनाइ छ।

‘नसोचेको क्षति भइरहेको छ। स्थानीय तहको निर्वाचनमा यसको असर अझ बढी देखिन्छ,’ भट्टले मंगलबार भने।

२०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (हाल प्रलोपा) का उम्मेदवार प्रेमबहादुर गुरुङ (हाल रास्वपामा) ले ५ हजार ७ सय १७ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका थिए। उक्त निर्वाचनमा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) का विवस चिन्तनले ६ हजार ७२ मत ल्याएर विजयी भएका थिए।

डा.भट्टराईको उम्मेदवारी फिर्तापछि प्रलोपाका केही कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन्।

प्रकाशित: १३ माघ २०८२ १०:५० | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast