राप्रपा कार्यालयमा अनसन बसेकी आचार्यको स्वास्थ्य अवस्था नाजुक, रातारात अस्पताल भर्ना

हिमाल प्रेस २७ पुष २०८२ ८:१७ | Sunday, January 11, 2026
26
SHARES
राप्रपा कार्यालयमा अनसन बसेकी आचार्यको स्वास्थ्य अवस्था नाजुक, रातारात अस्पताल भर्ना

काठमाडौँ- पार्टीको समानुपातिक सूची सच्याउनुपर्ने माग राख्दै पार्टी कार्यालयमा अनसररत राप्रपा नेत्रृ नानीमैयाँ आचार्यको
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको छ।

३ दिनदेखि अनसन बसेकी आचार्यको मुटुमा समस्या आएपछि गएराति नै ह्याम्स हस्पिटल भर्ना गरिएको पार्टी केन्द्रीय सदस्य रन्जन कार्कीले बताए। कार्कीका अनुसार उनी माग पूरा गराउनका लागि शान्तिपूर्ण ढंगबाट आमरण अनसनमा बसेकी थिइन्। अस्पताल पुर्‍याएपछि अवस्था सामान्य बनेको स्रोतले जनाएको छ। पार्टीको समानुपातिक सूचीका विषयमा असन्तुष्टि जनाउँदै उनीसहित केही महिला नेत्रृ राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमै बसेका छन्।

उनीहरू निकट स्रोतका अनुसार राप्रपाकी नेत्रृ खुश्वु ओली र एक वरिष्ठ उपाध्यक्षकी पत्नी समानुपातिक सूचीमा परेपछि सच्याउन माग गर्दै अनसन बसेका हुन्। उनीहरूले नेताकी श्रीमती समानुपातिकमा पर्न नहुने र ओली प्रत्यक्ष चुनाव लड्नुपर्ने अडान लिएका छन्।

यसअघि उनीहरूले यी मागहरू केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई बुझाउन चाहेका थिए। तर लिङ्देनले बुझ्न नमानेपछि महामन्त्री राजेन्द्र गुरुङलाई बुझाएका थिए। तर नेतृत्वले कार्यान्वयन नगर्ने बुझेपछि उनीहरू अनसन बसेका हुन्। यता पार्टी नेतृत्वले भने यसबारेमा छलफल भइरहेको बताएको छ।

प्रकाशित: २७ पुष २०८२ ८:१७ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast