नेकपाको शपथ समारोहमा आमसभाको झल्को

हिमाल प्रेस २९ पुष २०८२ १६:२९ | Tuesday, January 13, 2026
30
SHARES
नेकपाको शपथ समारोहमा आमसभाको झल्को

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले शपथ लिएपछि केन्द्रीय सदस्यहरूलाई शपथ गराइएको हो।

प्रचण्ड र नेपालले ज्येष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष एनके प्रसाईंले शपथ गराउँदै परिचय पत्र हस्तान्तरण गरेका थिए। त्यसपछि संयोजक प्रचण्डले केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए।

नेता बेदुराम भुसालका अनुसार नेकपामा डेढ दर्जन दलहरू समायोजन गरिएको छ। आज नेकपाका २ हजार ४९९ केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्। कतिपयले भर्चुअल माध्यमबाट पनि शपथ लिएका थिए। शपथ समारोह हेर्दा कुनै आमसभाभन्दा कम थिएन।

शपथ ग्रहण समारोहमा प्रचण्डले परम्परागत ढंगले चल्ते चलातेको तरिकाले मात्रै देशको अगाडि उत्पन्न परिस्थितिको सामना गर्न नसकिने बताए। राष्ट्रलाई थप एकताबद्ध गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ संकल्पसहित पहल कदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ सबैलाई एकतासाथ लिएर पार्टी अघि बढेको उनको भनाइ छ।

बुधबार राष्ट्रिय सभा गृहमा काठमाडौँ उपत्यका र देशैभरि पनि एउटा बलियो सन्देश दिने गरी अर्को एकता समारोह गरिएको भन्दै प्रचण्डले भ्रष्टाचारमुक्त जस्तो समाजको परिकल्पना बनाएरै छाड्ने अठोट गरे। शपथ ग्रहणपछि अब केन्द्रीय संरचनालाई पूर्णता दिने र अन्य संगठनात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै नेकपाका सहसंयोजक माधवकुमार नेपालले प्रतिनिधिसभाको चुनावको तयारी गर्न आग्रह गरे। चुनाव पार्टीको अर्को अग्निपरीक्षा भएकाले तयारीमा जुटेर जित्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

उनले निर्वाचनका लागि घोषणापत्रदेखि पार्टी परिचालनको तयारी भइसकेकाले अब सबै नेता तथा कार्यकर्ताले यसमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

 

प्रकाशित: २९ पुष २०८२ १६:२९ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast