पूर्वमन्त्री यादवसहित ८ जना जसपा नेपालबाट निष्कासित

हिमाल प्रेस १४ माघ २०८२ १७:२० | Wednesday, January 28, 2026
42
SHARES
पूर्वमन्त्री यादवसहित ८ जना जसपा नेपालबाट निष्कासित

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

फागुन २१ गते हुने निर्वाचनमा आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएको भन्दै पूर्वमन्त्री प्रदीप यादवसहित आठ जनालाई पार्टीबाट निष्कासन गरिएको जसपा नेपालले जनाएको हो।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानीमन्त्री भएका प्रदीप यादव हालसालै जसपा नेपालमा प्रवेश गरेका थिए।

जसपा नेपालबाट टिकट नपाएपछि उनी नेकपा एमाले प्रवेश गरेर पर्सा–१ बाट उम्मेदवारी दिएका छन्।

‘पार्टीको नीति तथा निर्णयविपरित पार्टीको आधिकारिक उम्मेदवारहरूविरूद्ध उम्मेदवारी दिने तथा पार्टीको हित, पार्टी अनुशासन र विधानविपरित कार्य गरेकाले तपसिलका व्यक्तिहरूलाई आजकै मितिबाट लागु हुनेगरी पार्टीबाट निष्कासन गरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर जनाएका छन्।

पूर्वमन्त्री यादवका साथै जसपा नेपालले बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका चन्दनकुमार सिंह र आत्माराम साह, बारा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका कमरुल्लाह अन्सारी, सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका उदयकान्त मिश्र र महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका हरिनारायण यादवलाई निष्कासन गरिएको जनाएको छ।

यसबाहेक बाराका नवलकिशोर साह र महोत्तरीका डा.शिवजी यादवलाई पनि पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १४ माघ २०८२ १७:२० | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast