युवा नेता खगेन्द्र कर्ण रास्वपाको समानुपातिक सूचीमा

हिमाल प्रेस १५ पुष २०८२ १६:२६
4
SHARES
युवा नेता खगेन्द्र कर्ण रास्वपाको समानुपातिक सूचीमा

काठमाडौँ- कांग्रेस परित्याग गरेको युवा नेता खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका छन्। उनी मधेशी क्लस्टरको दोस्रो स्थानमा परेका हुन्।

बालेन शाह पक्षधरबाट समानुपातिक सूचीमा परेका उनी पेसाले इन्जिनियर हुन्। सप्तरी घर भएका कर्ण कांग्रेसमा रहँदा नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार पनि बनेका थिए। पूर्वाअंचल विश्वविद्यालय अन्तरगत नेवीसंघ सभापति पनि थिए।

कांग्रेसमा युवाहरूको उचित मूल्यांकन नभएको र साच्चै कांग्रेस बनाउन लागेका कार्यकर्ता प्रति कुनै सद्भाव नहुने नेतृत्वले आफूलाई जे ठीक लाग्छ त्यही गर्दै अतिबादी शक्ति हावि भएको धारणा उनको छ। कहिले सूर्य कहिले हिसया हताैडामा भाेट हाल्न कार्यकर्तालाई बाध्य बनाउने नेतृत्व प्रति उनले तिखो ब्य‌ंग्य गर्दै पार्टी परित्याग गरेको जानकारी दिए।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र तरुण दलको क्रियाशिल सदस्य पनि रहेका उनले कांग्रेस र रास्वपा जस्तो शक्ति मिल्न पर्ने धारणा पनि राखेका छन्। कर्ण हिमालप्रेसका स्तम्भकारसमेत हुन्।

कांग्रेस छाड्दै  गर्दा कर्णको स्टाटस 

नेपाली कांग्रेस पार्टीसँगको २५ वर्षसम्मको यात्रालाई टुंगाएको छु। नेपाली कांग्रेस एउटा राजनीति दल मात्रै होइन, लोकतन्त्रको विश्वविद्यालय पनि हो। त्यही स्कुलको एउटा विद्यार्थी म पनि हुँ। 
बिगतमा कांग्रेसमा रहेर नेबीसंघको केन्द्रिय उपाध्यक्षमा प्रतिस्पर्धा गरे। पराजित भए! यात्रा जारी नै रह्यो। कांग्रेस भित्रका भुइँ तहका कार्यकर्ता देश र जनता प्रति यति इमानदार छन! त्यसको म बर्णन गर्न सक्दिन। कार्यकर्ताले बनेको पार्टी हो नेपाली कांग्रेस!
बिगत १० वर्षमा नेपाली कांग्रेस आफ्नो सैद्धान्तिक जगबाट च्युत हुँदै कहिले माओवादी र कहिले अतिवादी शक्ति एमाले अझ त्यसमा केपी ओली जस्तो नेतालाई बोकेर देशको प्रधानमन्त्री नै बनाइदिए। मुलुकले अपुर्णिय क्षती बेहोर्नु पर्‍यो। ओली न लोकतन्त्रमा विश्वास गर्छन् न त संविधान माथी उनको बिश्वास छ! मुलतः नेपाली कांग्रेस आफ्नो लोकतान्त्रिक ब्रान्डलाई स्खलित गर्दै गयो। नेपाली कांग्रेस आगामी दिनमा लोकतान्त्रिक शक्ति रास्वपा सँग सहकार्य गर्ने बाताबरण बनाओस्। कांग्रेस लोकतन्त्रको पर्यायवाची बनोस्।
आज म कुनै पनि साथी माथी तिता टिप्पणी गर्ने छैन। तपाइँहरु नेपाली कांग्रेसलाई राम्रो बनाउनु होस्। हामी रास्वपालाई लोकतन्त्र प्रती प्रतिबद्ध पार्टी बनाउँछौ।
आजको मितिदेखि नेपाली कांग्रेसको क्रियासिल सद्स्य, महाधिवेशन प्रतिनिधि र तरुण दलको केन्द्रिय समिती त्याग गरेको घोषणा गर्दछु। जय नेपाल! सबैको शुभ होस्!
प्रकाशित: १५ पुष २०८२ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast