फागुन २१ मा होला या अर्को मंसिरमा होला हामी निर्वाचन पर्खिरहेका छौं : अध्यक्ष ओली

हिमाल प्रेस १५ पुष २०८२ १७:१० | Tuesday, December 30, 2025
14
SHARES
फागुन २१ मा होला या अर्को मंसिरमा होला हामी निर्वाचन पर्खिरहेका छौं : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पर्खिरहेको बताएका छन्। एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार रहेको बताएका हुन्।

‘महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौं, त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि हामी दिनेछौं। त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ,’ अध्यक्ष ओलीले भने।

उनले लोकतन्त्र कसैले पराजित गर्न नसक्ने बताए। ‘लोकतन्त्र अजेय छ, अपराजय छ। यसलाई कसैले पराजित गर्न सक्दैन। यसलाई कसैले जित्न सक्दैन। लोकतन्त्रले नै जित्छ,’ उनले भने।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका लागि भएको सहमतिप्रति पनि व्यंग्य गरे।

‘प्रधानमन्त्री बनाइसके मान्छेले। हामी चुनाव पर्खिरहेका छौं,’ ओलीले भने, ‘कहिले होला, फागुन २१ मा होला या वैशाखमा होला या अर्को मंसिरमा होला। हामी चुनाव पर्खिरहेका छौं।’

प्रकाशित: १५ पुष २०८२ १७:१० | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast