युनाइटेड र वेस्ट हम बराबरीमा रोकिए, डालोट र मगार्साको गोल

हिमाल प्रेस १९ मंसिर २०८२ ८:३४
8
SHARES
युनाइटेड र वेस्ट हम बराबरीमा रोकिए, डालोट र मगार्साको गोल

काठमाडौँ- प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेड १-१ गोलको बराबरीमा रोकिएका छन्।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको सुरुदेखि नै युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणमा तालमेल बनाएको थियो।

पहिलो हाफमा टोलीले दुई उत्कृष्ट अवसर पाए। जसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरे भने केहीबेरपछि कप्तान ब्रुनो फर्नान्डेजको शक्तिशाली प्रहार पोष्टमा ठोक्किएर फर्कियो।

दोस्रो हाफमा पनि युनाइटेडले खेलमा दबाब कायम राख्यो। त्यसैक्रममा ५८ औँ मिनेटमा डियोगो डालोटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

लिगमा यो डालोटको पहिलो गोल हो। ८३ औँ मिनेटमा वेस्ट हमका सुङगोटू मगार्साले बराबरी गोल गरे। मगार्साको यो वेस्ट हमका लागि पहिलो प्रिमियर लिग गोल हो।

खेलपछि १४ खेलबाट समान २२ अंकसहित म्यानचेष्टर युनाइटेड लिभरपुललाई पछि पार्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ। यद्यपि टोलीले पाँचौँ स्थानमा पुग्ने अवसर गुमायो।

शीर्षस्थानमा ३३ अंकसहित आर्सनल यथावत् छ। वेस्ट हम भने १८ औँ स्थानमै छ।

प्रकाशित: १९ मंसिर २०८२ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast