एमालेका केन्द्रीय नेता वासुदेव घिमिरेले छाडे पार्टी, रास्वपा भित्रिने तयारी

हिमाल प्रेस १६ पुष २०८२ ६:२५
26
SHARES
एमालेका केन्द्रीय नेता वासुदेव घिमिरेले छाडे पार्टी, रास्वपा भित्रिने तयारी

काठमाडौँ- नेकपा एमालेका नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आफू आजको दिनदेखि पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् ।

घिमिरेले देशप्रति अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य सर्त भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट मुलुकका आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेका छन्। यही कारणले आफू संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उनले बताएका छन् ।

‘पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।’ उनले लेखेका छन् । निकट स्रोतका अनुसार उनी रास्वपा भित्रिने तयारीमा छन्।

प्रकाशित: १६ पुष २०८२ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast