सहरमा आजः उपन्यास ‘अग्निगर्भा’ लोकार्पणसहित हलमा नेपाली र हिन्दी फिल्मबीच प्रतिस्पर्धा

सुस्मिता बजगाईं २७ मंसिर २०८२ ६:५५
12
SHARES
सहरमा आजः उपन्यास ‘अग्निगर्भा’ लोकार्पणसहित हलमा नेपाली र हिन्दी फिल्मबीच प्रतिस्पर्धा

काठमाडौँ- आज मंसिरकोे चौथो तथा अन्तिम शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

समग्रमा यो साता अर्चना थापाको उपन्यास ‘अग्निगर्भा’ लोकार्पणसहित हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भएका छन्।

हेरौं, यो साता कहाँ के के हुँदैछ

अर्चना थापाको उपन्यास ‘अग्निगर्भा’ लोकार्पण

आज अर्चना थापाको उपन्यास ‘अग्निगर्भा’ लोकार्पण लोकार्पण हुँदैछ। पुस्तक बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा लोर्कापण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम दिउँसो १ः ४५ बजे सुरु हुनेछ। पुस्तक अक्षर क्रियसन्सले प्रकाशन गरेको हो।

मण्डलामा थिएटरमा नाटक ‘मिलारेपा’
थापागाउँस्थित मण्डला थिएटरमा कात्तिक १८ देखि नाटक ‘मिलारेपा’ मञ्चनरत छ। नाटक तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनकथामा आधारित छ। नाटकमा मिलारेपाको बाल्यकालदेखि तपस्या गरेर ज्ञान प्राप्तिसम्मको यात्रा प्रस्तुत गरिएको छ। मिलारेपाको भूमिकामा रूपेश लामाले अभिनय गरेका छन्। चाङ् ङ्योन हेरूकले लेखेको नाटकको नेपाली नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्। बुद्धि तामाङ र उमेश तामाङ संयुक्त निर्देशनमा मञ्चन भएको हो।

नाटक यही मंसिर २८ सम्म मञ्चन हुनेछ। नाटकमा अन्य कलाकार रमिला मोक्तान, विकाश लामा, सानु मार्यौं तामाङ, रस्मिला तामाङ, रिया लामा विजय तामाङ ब्लोन, बल बहादुर राई, मिलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्व स्याङ्बो, सविता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय टुवा, रत्न मंगगल, टसी लामा, अजय लामा, पवन कुमार गोले र सविता तामाङको अभिनय छ।

हलमा कुनकुन फिल्म?

पीआर
फिल्म ‘पर्मानेन्ट रेसिडेन्टः पीआर’ यही मंसिर २६ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक शोभित बस्नेत हुन्। फिल्ममा अस्ट्रेलियाको स्थायी आवासीय पत्र पाउन नेपाली विद्यार्थीले गर्ने संघर्ष र सम्बन्धमा हुने उतारचढावलाई प्रस्तुत गरिएको छ। फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, दिक्पाल कार्कीलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको सो छ।
आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म पीआर चलिरहेको छ।

लोकन्ती
मंसिर २६ देखि हलमा नेपाली फिल्म ‘लोकन्ती’ प्रदर्शन भइरहेको छ। फिल्म विवाहमा बेहुलीसँग लोकन्ती राख्ने र केही दिनका लागि बेहुलीको घरमै लोकन्ती पठाउने परम्परामा आधारित छ। रञ्जित रानाले निर्देशन गरेका फिल्ममा यशराज गराच, ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभाको अभिनय छ।

शनिबार उपत्यकाको वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स  र सिके सिनेमाजमा फिल्मको सो छ।

अभिमन्युः च्याप्टर वान

मंसिर १८ देखि हलमा फिल्म ‘अभिमन्युः च्याप्टर १’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक सुशान्त गौतम हुन्। यो उनको डेब्यु फिल्म हो। फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको मुख्य भूमिकामा छन्। ड्रामा जनरामा बनेको फिल्ममा अन्य कलाकारमा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायतले अभिनय गरेका छन्।

फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको लबिम मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म ‘अभिमन्यु च्याप्टर वान’ प्रदर्शन भइरहेको छ।

परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले अहिलेसम्म करिब १७ करोड कमाइसकेको छ।

फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘परान’ चलिरहेको अन्य हल हुन्।

जेरी अन टप

असोज ३१ देखि हलमा नेपाली फिल्म ‘जेरी अन टप’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रेम कथासहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्। फिल्मले अहिलेसम्म १२ करोड भन्दा माथि व्यापार गरेको छ।

शनिबार उपत्यकाको एफक्युब सिनेमाजमा फिल्म ‘जेरी अन टप’ को सो छ।

अखण्ड २ः ताण्डवम्
बलिउड फिल्म ‘अखण्ड २ः ताण्डवम’ मंसिर २६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। बोयापति श्रीनुले निर्देशन गरेको फिल्ममा नन्दमुरी बालकृष्ण, संयुक्त मेनन, आदि पिनिसेट्टी,कबीर दुहान सिंहलगायत कलाकारको अभिनय गरेका छन्।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हलमा बलिउड फिल्म ‘अखण्ड २ः ताण्डवम’ चलिरहेको छ।

धुरन्धर

बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ।
फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, छाया सेन्टर, सिटी स्क्वायर मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा बलिउड फिल्म ‘धुरन्धर’ प्रदर्शनरत छ।

तेरे इस्क मे
हिन्दी फिल्म ‘तेरे इस्क मे’ मंसिर १२ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता धनुष र कृति सेनन छन्। प्रेम कथामा बनेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक आनन्द एल.राय हुन्।

फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

विक्ड फर गुड

हलिउड फिल्म ‘विक्ड फर गुड’ नेपालमा प्रदर्शन भइरहेको छ। जोन एम. चु निर्देशित फिल्म पारिवारिक जनरामा बनेको छ। फिल्ममा सिन्थिया एरिभो, एरियाना ग्रान्डे, जोनाथन बेलीलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टरमा फिल्मको १ सो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast