‘पीआर’ को टाइटल गीत ‘पीआरको चक्करले’ सार्वजनिक

हिमाल प्रेस २३ मंसिर २०८२ १६:४० | Tuesday, December 9, 2025
16
SHARES
‘पीआर’ को टाइटल गीत ‘पीआरको चक्करले’ सार्वजनिक

काठमाडौँ- शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआरको चक्करले’ सार्वजनिक भएको छ। गीत सलोमा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा मानस राज र समीक्षा अधिकारीको स्वर रहेको छ। गीत गायक राजाकै शब्द र संगीतमा बनेको छ। गीतको भिडियोमा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीले अभिनय गरेका छन्।

फिल्म यही २६ मंसिर देखि प्रदर्शन हुनेछ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायलको अभिनय छ।

विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिनेछन्। फिल्म प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित छ।

रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको फिल्मका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्।

यस्ताे छ गीत

प्रकाशित: २३ मंसिर २०८२ १६:४० | Tuesday, December 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast