भेडाबाख्राहरूको मोर्चाबन्दीले सिंहलाई फरक पर्दैन : ओली

हिमाल प्रेस १५ पुष २०८२ १९:५६
34
SHARES
भेडाबाख्राहरूको मोर्चाबन्दीले सिंहलाई फरक पर्दैन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले-कांग्रेसजस्ता ठूला पार्टीसँग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिँडेको बताएका छन्।

मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरू दलले सरकार बनाउनै नसक्ने भन्दै ठूला पार्टीसँग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको र यो क्रम निर्वाचन अघिसम्म जारी रहने बताएका हुन्।

‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद’ भएको टिप्पणी गर्दै ओलीले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडाबाख्राहरूको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने धारणा राखे। उनले कुनै न कुनै दिन हुने निर्वाचनको तयारीमा एमाले रहेको भन्दै निर्वाचनबाटै फैसला दिने दाबी गरे।

उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिक रूपमा विघटन भएको संसद पुन:स्थापना हुनुपर्ने बताए। सरकार बनाउने र हटाउने थलो संसद् भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो। अध्यक्ष ओलीले संसद् पुन: स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिए।

संसद् पुनर्स्थापना गरेर मात्र वर्तमान राजनीतिक संकट हल गर्न सकिने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले राहदानी रोक्काका साथै स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बतााए।

प्रकाशित: १५ पुष २०८२ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast