कार्यभार सम्हाल्दै हितेन्द्रदेवले भने- पहिलाभन्दा राम्रो काम गर्छु, ऊर्जामन्त्री र मेरो अनुभव पर्याप्त छ

हिमाल प्रेस २४ मंसिर २०८२ १२:४९ | Wednesday, December 10, 2025
26
SHARES
कार्यभार सम्हाल्दै हितेन्द्रदेवले भने- पहिलाभन्दा राम्रो काम गर्छु, ऊर्जामन्त्री र मेरो अनुभव पर्याप्त छ

काठमाडौँ- सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनःपदमा फर्किएका छन्। उनले आज कार्यभार सम्हालेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङमन्त्री बनेलगत्तै गत असोज ५ गते उनलाई ऊर्जा आयोगमा सरुवा गरिएको थियो।

सोमबार सर्वोच्च अदालतले सरुवा बदर गर्दै शाक्यलाई पुनःप्राधिकरणमा बहाली गर्न आदेश दिएको थियो। पुनःकार्यभार सम्हालेपछि उनले विगतका केही महिनालाई दुःखद् भन्दै अदालतबाट न्याय पाएको टिप्पणी गरे।

शाक्यले भने,‘विद्युत् प्राधिकरणको व्यवस्थापकीय प्रमुख भएकै कारण मलाई अनावश्यक रूपमा सो पदबाट हटाइयो। दुईअढाई महिनाको कठिन समयपछि अदालतबाट न्याय पाएको अनुभव भइरहेको छ। अब पहिलाभन्दा अझ बढी जोस र प्रतिबद्धतासहित काम गर्नेछु।’

उनले सरकारको नीतिनिर्देशनअनुसार प्राधिकरणको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए। ‘पहिले केही कमजोरी भएको भए पनि अब त्यस्ता त्रुटि हुन नदिई साढे तीन वर्षभित्र निश्चित लक्ष्य पूरा गर्नेगरी अघि बढ्नेछु। ऊर्जा मन्त्रीज्यू र म दुवै एनईए क्याडर हौँ,यो क्षेत्रमा अनुभव र बुझाइ पर्याप्त छ,’उनले भने।

प्रकाशित: २४ मंसिर २०८२ १२:४९ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast