रास्वपाले समानुपातिक सूची सच्याउने

हिमाल प्रेस १६ पुष २०८२ १७:२४ | Wednesday, December 31, 2025
24
SHARES
रास्वपाले समानुपातिक सूची सच्याउने रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूची सच्याउने भएको छ। केही नामहरूमा विवाद आएपछि रास्वपाको सचिवालयले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सच्याउने निर्णय गरेको हो।

‘बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पुस १७ गते बिहान १० बजेभित्र यथोचित् सुझाव प्रदेश सभापतिमार्फत् वा सीधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ।’

समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको पनि सचिवालयले स्पष्ट पारेको छ।

प्रकाशित: १६ पुष २०८२ १७:२४ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast