चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : खड्का

हिमाल प्रेस ११ पुष २०८२ १८:०३ | Friday, December 26, 2025
चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : खड्का फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि पार्टीको महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन्।

निजी विद्यालयका शिक्षक र कर्मचारीको संगठन नेपाल अध्यापक संघको शुक्रबार सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी चुनावमा होमिइसकेकाले कार्यकर्तालाई त्यसतर्फ लाग्न आह्वान गरे।

‘अहिले हरेक एकाइमा क्रियाशील सदस्यता वितरण भइरहेको छ। मापदण्ड पुगेका सबैले सदस्यता पाउन् भन्नेमा सबै कार्यकर्ता सचेत हुनुपर्छ, उनले भने, ‘महाधिवेशनमा राम्रो गर्न सके चुनावमा पनि अपेक्षित नतिजा हासिल गर्न सकिन्छ।’

संघको अधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्वाचन गरेको छ। कर्मचारीको पेसागत तथा राजनीतिक हक कायम गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो।

प्रकाशित: ११ पुष २०८२ १८:०३ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast