एक महिनामा ‘परान’ ले कमायो १६ करोड १६ लाख

हिमाल प्रेस १५ मंसिर २०८२ १३:३२ | Monday, December 1, 2025
16
SHARES
एक महिनामा ‘परान’ ले कमायो १६ करोड १६ लाख

काठमाडौँ- दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ ले एक महिनासम्म १६ करोड भन्दा माथि आम्दानी गर्न सफल भएको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिस अनुसार गत शनिबार (मंसिर १३) सम्म फिल्मले १६ करोड १६ लाख ७७ हजार ५ सय ५८ रुपैयाँ कमाउन सफल भएको छ।

कात्तिक १४ देखि प्रदर्शन भएको फिल्म अहिले पनि उच्च सोसहित हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा छन् वरिष्ठ अभिनेता नीर शाह।

पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यको अभिनय छ।

 

प्रकाशित: १५ मंसिर २०८२ १३:३२ | Monday, December 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast