हलमा चलिरहेको छ नेपाली फिल्म : कसले कति कमायो?

हिमाल प्रेस ७ पुष २०८२ १३:५२
10
SHARES
हलमा चलिरहेको छ नेपाली फिल्म : कसले कति कमायो?

काठमाडौँ- चलचित्र विकास बोर्डले पुस ५ गते शनिबारसम्म हलमा प्रदर्शनरत ६ फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ। जसमा गत कात्तिकदेखि प्रदर्शनरत फिल्म ‘परान’ देखि ‘हर्ष’, ‘अभिमन्यु : च्याप्टर वान’, ‘पीआर’, ‘लोकन्ती’ र चिराग’ छन्।

जसअनुसार फिल्म ‘परान’ ले अहिलेसम्म १७ करोड ६१ लाख पाच हजार दुई सय २८ रुपैयाँ कलेक्सन गरेको छ। यसैबीच फिल्मको ६ लाख २५ हजार ६ सय २५ टिकट बिक्री भएको छ।

फिल्म ‘हर्ष’ ले २८ लाख ७८ हजार ५ सय ३६ रुपैयाँ कमाएको छ। फिल्मको शनिबारसम्म ८ हजार ८ सय ६६ ओटा टिकट बिक्री भएको छ।

तेस्रो फिल्म ‘अभिमन्यु च्याप्टर वान’ को शनिबारसम्म ६ हजार ८ सय ५० टिकट बिक्री भएको छ। फिल्मले भने २१ लाख ४८ हजार सात सय २ रुपैयाँ कमाएको छ।

त्यस्तै फिल्म ‘पीआर’ ले ६ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ कमाएको छ। फिल्मको शनिबारसम्म २१ सय ९ ओटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।

अर्को फिल्म ‘लोकन्ती’ को १३ सय ५७ ओटा टिकट बिक्री भएको छ। जसअनुसार फिल्मले ४ लाख १ हजार ३ सय ४० रुपैयाँ कमाएको छ।

र फिल्म ‘चिराग’ को जम्मा ३ सय ३० टिकट बिक्री भएको छ। फिल्मले भने ६८ हजार ४ सय २० रुपैयाँ कमाउन सफल भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast