नेपाल प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असईका लागि आवेदन आह्वान

हिमाल प्रेस २६ मंसिर २०८२ ८:०५ | Friday, December 12, 2025
22
SHARES
नेपाल प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असईका लागि आवेदन आह्वान

काठमाडौँ- नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा आवेदन आह्वान गरेको छ।

शुक्रबार सूचना जारी गरी प्रहरीले २१ जना इन्सपेक्टर र ४३८ जना असईका लागि आवेदन आह्वान गरेको हो।

इन्सपेक्टरका लागि आगामी पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ देखि माघ ८ सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

दरखास्त फाराम अनलाइनबाटै लिन सकिनेछ। दरखास्त दस्तुर इन्सपेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ प्रत्येक समूहका लागि थप २४० रुपैयाँ लाग्नेछ।

असईतर्फ ५०० रुपैयाँ र एकभन्दा बढी समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप १०० रुपैयाँ शुल्क लाग्ने जनाइएको छ।

सूचनाअनुसार इन्सपेक्टरका लागि आवेदन दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने असईतर्फ १८ वर्ष पूरा भई २४ वर्ष नकटेको हुनुपर्नेछ।

इन्सपेक्टरका लागि न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण भएको हुनुपर्नेछ भने असईका लागि प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनमा उल्लेख छ।

प्रकाशित: २६ मंसिर २०८२ ८:०५ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast