कोमल वली एमालेको समानुपातिक सूचीमा

हिमाल प्रेस १५ पुष २०८२ १०:५४
16
SHARES
कोमल वली एमालेको समानुपातिक सूचीमा कोमल वली।

काठमाडौँ- नेकपा एमालेको ११० समानुपातिक सूचीमा कलाकार कोमल वली पनि समेटिएकी छन्। लोकगाियका एवं पूर्व समाचार बाचिका वली एमालेको महिला कल्ष्टरमार्फतको तेस्रो नम्बरमा छन्। उनीभन्दा अगाडि निरूदेवी पाल र टुका हमाल छन्।

पाल युवा संघकी पूर्वअध्यक्ष र हमाल अनेमसंघकी पूर्वअध्यक्ष हुन्। वली यसअघि पनि एमालेको राष्ट्रिय सभा सदस्य बनेकी थिइन्। कुनैबेला राजावादी दल राप्रपामा आस्था राख्ने वली एमाले भित्रिएसँगै बारम्बार अवसर पाउनेमा पर्छन्। २०७९ सालमा दाङ ३ मा एमालेबाट लडेकी थिइन्। उनी सोही क्षेत्रमा कांग्रेसका दीपक गिरी विजयी बनेका थिए।

प्रकाशित: १५ पुष २०८२ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast