अपराधीका हातमा लुटिएका हतियार भएसम्म चुनाव हुन्न : पृथ्वीसुब्बा गुरुङ

हिमाल प्रेस १६ पुष २०८२ ६:५३ | Wednesday, December 31, 2025
4
SHARES
अपराधीका हातमा लुटिएका हतियार भएसम्म चुनाव हुन्न : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिले पनि प्रहरीका लुटिएका हतियार अपराधीका हातमा रहेका बताएका छन्।

मंगलबार नवलपुरमा आयोजित एक श्रद्धाञ्जली सभामा बोल्दै गुरुङले अझै पनि सरकारले लुटिएका हतियार फिर्ता लिन नसकेको बताए। अपराधीको हातमा परेको हतियार फिर्ता नभएसम्म भयरहित वातावरणमा निर्वाचन हुन नसक्ने गुरुङले बताए। ‘अपराधीको हातमा रहेका हतियार निर्वाचनको लागि सबैभन्दा बढी चुनौती छ’, उनले भने।

अपराधीको हातमा भएको बन्दुकबाट कुनै पनि पार्टीका उम्मेदवार, पार्टीका नेता वा प्रतिनिधिहरू मारिन सक्ने उनले बताए। ‘जबसम्म जनताहरूले भयरहित वातावरणमा मतदान स्थलमा पुग्ने वातावरण बन्दैन, उम्मेदवारहरूले भयरहित वातावरणमा चुनाव प्रचार गर्ने वातावरण बन्दैन, तबसम्म चुनाव हुन सक्दैन’, उनले भने।

आफूहरू चुनावबाट भागेको नभई चुनावको वातावरण बन्नु पर्छ भन्ने पक्षमा रहेको उनले बताए। यस्तो अवस्थामा संसद् पुनर्स्थापना आवश्यक रहेको उनले बताए। संसद् पुनर्स्थापना भयो भने संविधान लिकमा आउने उनको धारणा छ । यसको लागि पनि संसद् पुनर्स्थापना आवश्यक छ भनेर आफूहरूले भनेको गुरुङले बताए।

प्रकाशित: १६ पुष २०८२ ६:५३ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast