दार्चुला केन्द्रविन्दु बनाएर भूकम्प

हिमाल प्रेस २४ मंसिर २०८२ ७:०१
6
SHARES
दार्चुला केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९ः२४ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि हिजो साँझ बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर स साना भूकम्प जाने क्रम जारी रहेको छ ।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

प्रकाशित: २४ मंसिर २०८२ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast