काठमाडौँ- दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
प्रकाशित: २१ मंसिर २०८२ ९:११
प्रतिक्रिया



